थप दुई विकास बैंकको लाभांश घोषणा, कसले कति दिने भए बोनस र नगद ?

काठमाडौं । थप दुई विकास बैंकले लाभांश घोषणा गरेका छन् । गरिमा र लुम्बिनी विकास बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
आज अर्थात् पुस ५ गते बसेको यी दुई बैंकका संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
यो वर्ष लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश मात्रै दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यता, गरिमा विकास बैंकले भने यो वर्ष नगद लाभांश मात्रै दिने भएको छ । बैंकले ५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो । तर, अघिल्लो आवको मुनाफाबाट बैंकले १० प्रतिशत (९.५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद) लाभांश दिएको थियो ।
यी दुवै बैंकको प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।