लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले साधारण सभाका लागि मिति तय गरेको छ ।
लाभांश पारित गर्ने मुख्य एजेन्डासहित बैंकले आगामी पुस २९ गते सोमबार २३औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौँमा हुनेछ ।
यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही विशेष प्रस्ताव सभामा पारित हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त पनि गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।