आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १६औं वार्षिक साधारण सभा, लाभांश पारित गर्ने मुख्य एजेन्डा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १६औं वार्षिक साधारण सभा आज बस्दैछ ।
बैंकको सभा आज अर्थात् पुस १९ गते शुक्रबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, प्रा.लि., मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे शुरु हुनेछ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । सोही विशेष प्रस्ताव पारित सभाले पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गरेको छ ।