कर्णाली विकास बैंक घोटाला : तत्कालीन वित्त प्रमुख पक्राउ « Arthapath.com
४ असार २०८२, बुधबार

कर्णाली विकास बैंक घोटाला : तत्कालीन वित्त प्रमुख पक्राउ



काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्ववित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । उनलाई नेपालगञ्जबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

यसअघि संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतको लखनउबाट पक्राउ गरिएको थियो । अहिलेसम्म दुई जना पक्राउ परेका छन् भने अन्यको खोजी जारी छ ।

सीआईबीका अनुसार अनुसन्धान राष्ट्र बैंकको समन्वयमा बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत भइरहेको छ ।

विशेष छानबिन समितिको निष्कर्ष अनुसार बैंकमा करिब २ अर्ब ५० करोड रुपैयाँ अपचलन भएको छ । नक्कली ब्यालेन्स सर्टिफिकेट, कीर्ते कागज र चेक क्लियरिङमार्फत रकम अपचलन गरिएको खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्