१५.७८ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सको साधारण सभा आह्वान, बुक क्लोज कहिले ? « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

१५.७८ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सको साधारण सभा आह्वान, बुक क्लोज कहिले ?



काठमाडौं । जानकी फाइनान्स लिमिटेडले साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा फागुन ७ गते गते होटल मानकी इन्टरनेशनल प्रालि, शिवचौक,जनकपुरधाममा बिहान १० बजे बोलाएको हो ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । फाइनान्सको सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

फाइनान्सको सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापकका तर्फबाट ३ जना तथा सर्वसाधारणका तर्फबाट २ जना गरी ५ जना सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको लाभांश र साधारण सभामा सहभागिता भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्