मल्टीपर्पस फाइनान्सको नाफा ६१.५६ प्रतिशत बढ्यो, ईपीएस १ रुपैयाँ ४८ पैसा घट्यो
काठमाडौं । मल्टीपर्पस फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६१.५६ प्रतिशत बढेर ४६ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले २८ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ६२.९२ प्रतिशत बढेर १ करोड ५१ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ९२ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ४१.४२ प्रतिशत बढेर ५७ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ४० लाख ९२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
पौष मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी ७०.९१ प्रतिशत बढेर ४० करोड रुपैयाँ, जगेडा कोष ७०.३५ प्रतिशत घटेर १ करोड ३६ लाख ७५ हजार रुपैयाँ, निक्षेप २१.२७ प्रतिशत बढेर ४४ करोड २० लाख ६२ हजार रुपैयाँ र कर्जा १७.४४ प्रतिशत बढेर ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४८ पैसा घटेर २ रुपैयाँ ३१ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७९ पैसा रहेको थियो । फाइनान्सको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०६.५८ गुणा रहेको छ । फाइनान्सको खराब कर्जा २.३८ प्रतिशत, कस्ट अफ फण्ड ८.६० प्रतिशत, सीडी रेसियो ९९.५७ प्रतिशत, बेस रेट १३.१० प्रतिशत र इण्ट्रेस्ट रेठ स्प्रिड ४.९५ प्रतिशत रहेको छ ।