सेन्ट्रल फाइनान्सको नाफा २५.५३ प्रतिशत घट्यो « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

सेन्ट्रल फाइनान्सको नाफा २५.५३ प्रतिशत घट्यो



काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा २०.३४ प्रतिशत घटेर ३ करोड ५० लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ४ करोड ३९ लाख ४२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा फाइनान्सको खुद व्याज आम्दानी १८ प्रतिशत बढेर ११ करोड १४ लाख ३२ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ९ करोड ५ लाख ८ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा फाइनान्सको सञ्चालन नाफा २४ प्रतिशत घटेर ४ करोड ९६ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ६ करोड १५ लाख ८९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । फाइनान्सको वितरणयोग्य मुनाफा १२ करोड ७९ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा फाइनान्सको चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार रुपैयाँ, जगेडा कोष ८.१५ प्रतिशत बढेर २३ करोड ५ लाख ९६ हजार रुपैयाँ, निक्षेप संकलन ८.४५ प्रतिशत बढेर ५ अर्ब ७६ करोड १ लाख ९३ हजार रुपैयाँ र कर्जा १४.४६ प्रतिशत बढेर ४ अर्ब ८३ करोड ८ लाख १२ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा फाइनान्सको बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९५ पैसा रहेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६६.२० रुपैयाँ रहेको छ । फाइनान्सको खराब कर्जा १.६१ प्रतिशत, कस्ट अफ फण्ड ७.९७ प्रतिशत, सीडी रेसियो ८४.७९ प्रतिशत, बेस रेट १०.०२ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रिड ४.६१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्