समृद्धि फाइनान्सको २०७९ सालको क्यालेन्डर सार्वजनिक « Arthapath.com
१६ चैत्र २०७८, बुधबार

समृद्धि फाइनान्सको २०७९ सालको क्यालेन्डर सार्वजनिक



काठमाडौं । समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

चैत्र १६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाण्डौमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेको फाइनान्सका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

साथै, ई–क्यालेन्डर पनि आपm्नो आधिकारीक अनलाईन पेज फेसबुक, इस्टाग्राम र टुइटर र वेभसाइट मार्फत सार्वजनिक गरेको हो ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्