समृद्धि फाइनान्सले चैत २९ गतेदेखि साढे ९ लाख कित्ता शेयर बिक्री गर्ने, प्रतिकित्ता मूल्य कति छ ? « Arthapath.com
२२ चैत्र २०७८, मंगलवार

समृद्धि फाइनान्सले चैत २९ गतेदेखि साढे ९ लाख कित्ता शेयर बिक्री गर्ने, प्रतिकित्ता मूल्य कति छ ?



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले चैत २९ गतेदेखि अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । फाइनानस कम्पनीले संस्थापक समूहको ८ लाख ६७ हजार ३३६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १ सय कित्ता शेयर गरी कूल ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा भएको व्यवस्था अनुसार लिलाम बढाबढ माध्यमबाट उक्त बिक्री गर्न लागेको हो ।

फाइनान्सको उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयरमा आवेदन दिने समय वैशाख ७ गतेसम्म रहेको छ । यसअघि कम्पनीले फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी शेयर बैंकले लिलाम बढाबढ प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागेको हो । फाइनान्सको शेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्