प्रतिकित्ता १५० रुपैयाँमा शेयर किन्ने होइन त ? गुडविल फाइनान्सको आज अन्तिम दिन « Arthapath.com
२८ चैत्र २०७८, सोमबार

प्रतिकित्ता १५० रुपैयाँमा शेयर किन्ने होइन त ? गुडविल फाइनान्सको आज अन्तिम दिन



काठमाडौं । गुडविल फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर किन्ने आज अन्तिम दिन रहेको छ । गुडविल फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको ९३ हजार कित्ता शेयर शिलबन्दी बोलकबोलमार्फत खरिद गर्ने आज चैत्र २८ गते अन्तिम दिन हो ।

फाइनान्स कम्पनीले चैत्र १४ गते, सोमबारदेखि ९३ हजार ४८९ संस्थापक शेयर शिलबन्दी बोलकबोलमार्फत बिक्री खुला गरेको थियो ।

फाइनान्सको उक्त संस्थापक शेयरमा आज चैत्र २८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । फाइनान्सको उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो मूल्य वा सो मूल्यभन्दा बढी अंकित गरी आवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले शेयर खरिद गर्न न्यूनतम २५ हजार कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक योग्य जो कोहीले आज चैत २८ गते भित्र मुक्तिनाथ क्यापिटल कमलादीमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्