नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति तय « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति तय



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले ७० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि वैशाख २१ गते (एक दिन) बुक क्लोज गर्ने भएको हो ।

बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरेको छैन ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले चैत ८ गते कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिइसकेको छ । कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ

कम्पनीले १ बराबर शून्य दशमलव ७० अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १०० अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्