मञ्जुश्री फाइनान्सको शेयर बिक्रीमा « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

मञ्जुश्री फाइनान्सको शेयर बिक्रीमा



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको शेयर संख्या र शेयरको प्रतिकित्ता मूल्य भने खुलाएको छैन ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख १५ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बानेश्वर, काठमाडौंमा निवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवभि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्