समृद्धि फाइनान्स र होटेल गढी भिउ एण्ड रिसोर्ट बिच सम्झौता « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

समृद्धि फाइनान्स र होटेल गढी भिउ एण्ड रिसोर्ट बिच सम्झौता



काठमाडौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रालि मकवानपुर बिच बैशाख १६ गते सम्झौता भएको छ । यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुलाइ होटेल गढी भिउ एण्ड रिसोटले जिप लाईनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको हो ।

मकवानपुरगढीमा रहेको यो ठाउँ पर्यटकिय स्थलको रुपमा फस्टाउदै गएको छ । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाउनु भएको छ । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रालि. का तर्फबाट होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गर्नुभएको हो ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्