नेप्सेमा नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद शेयर समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
फाइनान्स कम्पनीको ७० प्रतिशत हकप्रद शेयर पछि नेप्सेले प्रतिकित्ता ३११ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४५९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
