समृद्धि फाइनान्सको १५ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

समृद्धि फाइनान्सको १५ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । बिक्रीमा ल्याएको उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नआएको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्