समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट « Arthapath.com
१७ असार २०७९, शुक्रबार

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट



काठमाडौं । समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ फाइनान्स बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद असार १५ गते बाँडफाँट गरेको हो ।

कम्पनीले उक्त हकप्रद शेयर असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा विक्री खुला गरेको थियो ।

बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा असार १९ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको हो । यसमा न्यूनतम १०० रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्