श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका संचालकको कार्यकाल थप « Arthapath.com
१९ असार २०७९, आईतवार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका संचालकको कार्यकाल थप



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संचालक समितिको कार्यकाल थप गरेको छ ।

२०७५ असार २२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट निर्वाचित भई क्रियाशील रहेका विद्यमान संचालक समितिका सदस्यहरुको कार्यकाल २०७९ असार ३१ गते समाप्त हुदै थियो । कम्पनीले आगामि २८औं वार्षिक साधारण सभाबाट निर्वाचित भइ आउने संचालक समितिको कार्यभार हस्तान्तरण गर्ने गरी हालकै संचालक समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

उक्त निर्णय २०७९ असार १७ गते बसेको संचालक समितिको बैठकले गरेको हो ।


प्रतिक्रिया दिनुहोस्