पोखरा फाइनान्सको १ लाख २० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संस्थापक समूह तर्फको १ लाख २० हजार ५५९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीले संस्थाका संस्थापक शेयरधनी रबिन शंकर पराजुलीको नाममा रहेको २७ हजार ६४९ कित्ता, तेजबहादुर गुरुङको नाममा रहेको ३७ हजार ६१० कित्ता र चिन्तबहादुर गुरुङको नामममा रहेको ५५ हजार ३०० कित्ता संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको छ । उक्त शेयर खरिद गर्ने चाहने इच्छ’क ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संलकन गरी आवेदन दिन सक्नेछन् ।
वैशाख २८ गतेदेखि विक्रीमा ल्याएको उक्त संस्थापक शेयरमा संस्थापक शेयरधनीबाट ३५ दिनमा कुनै निवेदन प्राप्त नभएकोले संस्थाले पुनः संस्थापक शेयर विक्रीमा ल्याउन लागेको हो ।