नेपाल फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट « Arthapath.com
२ श्रावण २०७९, सोमबार

नेपाल फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले निष्कासन गरेको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ ।

कम्पनीले असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार कित्ता तथा सर्वसाधारण समूहको ३ लाख २ हजार कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

साथै, उक्त बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरिएको बैंक खाता नम्बरमा साउन २ गतेदेखि जम्मा गरिने जनाइएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्