समृद्धि फाइनान्सद्धारा नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण « Arthapath.com
२५ श्रावण २०७९, बुधबार

समृद्धि फाइनान्सद्धारा नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण



काठमाडौं । समृद्धि फाइनान्सले श्रावण २५ गते नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले नारायणगढ भमनपा वडा न.१ मा रहेको राष्ट्रिय आधारभूत बिधालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत बिधालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तरगत २०० जना बिधार्थीहरुलाई ९०० थान कापी र २०० थान पेन वितरण भएको यस संस्थाका काम प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनापनि संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँचओटा शाखाबाट सेवाप्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्