८५.५७ प्रतिशतले घट्यो गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको नाफा, कस्ता देखिए अन्य सूचकहरु ? « Arthapath.com
१३ कार्तिक २०७९, आईतवार

८५.५७ प्रतिशतले घट्यो गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको नाफा, कस्ता देखिए अन्य सूचकहरु ?



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार फाइनान्सले चालु आवको तीन महिनामा २२ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा ८५.५७ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५७ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३४.१६ प्रतिशतले वृद्धि भई ६ करोड ७४ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
चालु आवको तीन महिनाको अवधिमा कम्पनीको संचालन नाफामा पनि गिरावट आएको छ । गत वर्षको असोज मसान्तसम्ममा २ करोड ४ लाख ९६ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीको यस वर्षको सोही अवधिमा भने ८७.५५ प्रतिशतले घटेको छ । उक्त अवधिमा कम्पनीको वितरण योग्य नाफा भने ६ करोड ६० लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ९५ करोड ४ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३५ करोड ८० हजार रुपैयाँ राखेको छ । चालु आवको तीन महिनामा कम्पनीले ६ अर्ब ७८ करोड २१ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । उक्त अवधिमा ५ अर्ब ४४ करोड २१ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि २.०९ प्रतिशतले वृद्धि भई २.८१ प्रतिशत पुगेको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ९६ पैसा कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनकिो यो आम्दानी ७ रुपैयाँ २९ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४५ पैसा कायम भएको छ।

Tags :

प्रतिक्रिया दिनुहोस्