आईसिएफसि फाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आईसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १४ गते बुधवार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।