मल्टिपर्पस फाइनान्सका शेयरधनीको हात रित्तो

काठमाडौं । मल्टिपर्पस फाइनान्सले यस वर्ष लाभांश नदिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको छ ।
सोही निर्णय अनुसार वित्तीय बिवरण तथा सो सम्बन्धित अनुसूचीहरु नेपाल राष्ट्र बैंकमा स्वीकृतको पेश गरिने कम्पनीले जनाएको छ ।