लाभांश पारितका लागि सेन्ट्रल फाईनान्सको साधारण सभा कहिले ? « Arthapath.com
८ पुष २०७९, शुक्रबार

लाभांश पारितका लागि सेन्ट्रल फाईनान्सको साधारण सभा कहिले ?



काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले ३६औं वार्षिक साधाराण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित ५ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुष १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्