समृद्धि फाइनान्सको साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा होटल एभोकाडो अर्किड रिसोर्ट, हेटौंडा मकवानपुरमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, सभाले कम्पनीलाई अन्य कुनै विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा मर्जर प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १८ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ पुष १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।