लाभांश पारितका लागि पोखरा फाइनान्सको साधारण सभा पुष ३० गते

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २६औं वार्षिक साधारण सभा पुया ३० गतेका लागि बोलाएको छ । सभा दरबारचोक बैंक्वेट बाँस्तोलाथर पोखरा ९ कास्कीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय पारित कम्पनीको मुख्य एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १९ गतेदेखि पुष ३० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुष १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।