समृद्धि फाइनान्सको विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १३ र १४ गते विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समिक्षा गरिएको थियो र आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको थियो । काठमाण्डौंको मस्र्याङ्दी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहितको उच्च व्यवस्थापन, विभागिय प्रमूखहरु र सबै शाखाका शाखा प्रबन्धहरूको उपस्थिति रहेको थियो