मल्टीपर्पस फाइनान्सको १० हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने « Arthapath.com
२२ असार २०८२, आईतबार

मल्टीपर्पस फाइनान्सको १० हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने



काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिदैं सेयर खरिदका लागि आवेदन खुला गरेकोमा तोकिएको अवधि भित्र वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरेको हो ।

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो् कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १६ गते) ले १५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्