प्रोग्रेशिभ फाईनान्सले साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । प्रोग्रेशिभ फाईनान्स लिमिटेडको शाखा कार्यालय पोखराको आयोजनामा चैत ७ गते साक्षरता कार्यक्रम सञ्चालन भएको छ ।
कम्पनीले कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेज पोखरा महानगरपालीका सुन्दर मार्गमा कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशीले Financial Literacy and Global Money Week 2023 तथा यसको उद्देश्यको बारेमा बताएको थिइन् ।
साथै, शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाईनान्सका विभिन्न सेवाहरुको सम्बन्धमा जानकारी दिएका थिए ।
कार्यक्रममा गुहेश्वरी मर्चेट बैंकिङ एण्ड फाईनान्स लि. शाखा प्रबन्धक बिज्ञान गौतम र कलेजका सहायक प्रध्यापक निश्चल ज्ञवाली अतिथिका रुपमा सहभागी भएका थिए ।
उक्त, कलेजमा अध्ययनरत ५५ जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमबाट बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरुका बारेमा सूचना प्राप्त गरी कार्यक्रम उपलब्धिमूलक रहेको जानकारी सहभागीहरुले दिएका थिए ।