रिलायन्स फाइनान्सको सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको बिक्रीमा ल्याएको सेयर र न्यूनतम मूल्य भने खुलाएको छैन ।
बैंकका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको प्रधान कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा आवेदन दिन सक्नछन् ।