समृद्धि फाइनान्सको नयाँ शाखा मधुवन सुनसरीमा उद्घाटन « Arthapath.com
२३ असार २०८२, सोमबार

समृद्धि फाइनान्सको नयाँ शाखा मधुवन सुनसरीमा उद्घाटन



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बह्रौं शाखा कार्यालय मधुवन, सुनसरीमा समुद्घाटन गरेको छ । आज (असार ८ गते) शुक्रबार बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाईनान्सका संस्थापक संचालक सुदीप घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

फाईनान्सको शाखा प्रबन्धक केशब पौडेलले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका संचालक घिमिरको सभापतित्व रही बराहक्षेत्र नगरपालिकाको मेयर प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्ख कारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ति पा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरे ।

संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा, समाजसेवी वुद्धिजीवी तथा बराहक्षेत्र नगरपालिका वडा नं. ११ का भुतपूर्व वडाध्यक्ष केदार बिष्ट, मधुप्रकाश दूग्ध सहकारीका अध्यक्ष डिल्ली प्रसाद बास्तोला लगायतले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै बैंकको उत्तरोक्तर प्रगतिको शुभकामना दिए ।

नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल बाह्र वटा पुगेको छ । संस्थाले अर्को हप्ता थप १ नयाँ शाखा उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थामा निशुल्क मोबाइल वैकिङ्ख, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, च्त्न्क् लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्