प्रोगेशिभ फाइनान्सको सिईओमा अनिल श्रेष्ठ नियुक्त « Arthapath.com
१५ असार २०८०, शुक्रबार

प्रोगेशिभ फाइनान्सको सिईओमा अनिल श्रेष्ठ नियुक्त



काठमाडौं । प्रोगेशिभ फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ ।

असार १४ गते बसेको सञ्चालक समितिको बैठकले करारमा अनिल श्रेष्ठलाई नियुक्त गरेको हो । कम्पनीले असार १५ गते (आज) बाट लागु हुने गरि ४ वर्षको लागि नियुक्त गरेको छ ।

विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी मानिनुहुन अनिल श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभरसिटी अफ क्यालिफोर्नियाबाट व्यवसायिक सञ्चार विषयमा तालिम समेत लिएका छन् ।

वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गरेका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उँचाई हासिल गर्ने विश्वास फाइनान्सको सञ्चालक समितिले गरेको छ । सिईओ श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने विचार व्यक्त गर्दै यसका निम्ति सबै क्षेत्रबाट आवश्यक सहयोगबाट नै हामी हाम्रो उद्देश्यमा अवश्य सफल हुनेछौं भन्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्