मल्टीपर्पस फाइनान्सको ४० हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४० हजार ११३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।