मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बोर्डले दियो अनुमति ?

काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई ३५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
कम्पनीले १ः०.३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ ।