अन्तत: नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत दिने भयो लाभांश

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ।
कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी चौथो वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।
कम्पनीले यसअघि चैत १० गते बोनस सेयर ५० प्रतिशत र कर प्रयोजनका लागि २३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकले बैशाख ४ गते निर्णय गरेको पत्र अनुसार १७.९३ प्रतिशत लाभांश वितरण गर्नको लागि स्वीकृति दिएको थियो ।
