समृद्धि फाइनान्सको ३ शाखाद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न « Arthapath.com
२६ श्रावण २०८०, शुक्रबार

समृद्धि फाइनान्सको ३ शाखाद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न



काठमाडौं । समृद्धि फाइनान्सले तीन शाखाबाट बृक्षारोपण कार्यक्रम गरेको छ । कम्पनीले आज संस्थाको मधुवन, खरेन्द्रपुर शाखा र २१ गते आइतवारको दिन कसाह शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

साउन महिनाको पहिलो हप्ताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम संस्थाका ७ वटा शाखाहरुबाट सम्पन्न गरीसकेको र साउन महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

साथै, फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये सााउन महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा बृक्षारोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०÷८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट विभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्