समृद्धि फाइनान्सको उत्कृष्ट व्याजदर « Arthapath.com
८ भाद्र २०८०, शुक्रबार

समृद्धि फाइनान्सको उत्कृष्ट व्याजदर



काठमाडौं । बचतकर्ताको बचत गर्ने बानी लाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनि लिमिटेडले हालको समय सापेक्षलाई मध्यनजर गर्दै समृद्धि बचत धमाकाको योजना अघि ल्याएको छ ।

उक्त योजना अन्र्तगत ग्राहकहरुले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७१ महिना ५ दिनमा दोबर, ११२ महिना २३ दिनमा तीन गुणा, १६५ महिना ६ दिनमा पाँच गुणा र २१३ महिना १३ दिनमा आठ गुणा सम्म बढाउन सक्ने छन् । साथै रेमिट्यान्स् बचत धमाका योजना अन्तर्गत बचत कर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोबर, ८९ महिना १४ दिनमा तीन गुणा, १३४ महिनामा पाँच गुणा र १६८ महिना २१ दिनमा आठ गुणा सम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन् ।

त्यस्तै समृद्धि फाइनान्सले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ । बचतमा १० प्रतिशत सम्म र मुद्दतीमा १२.५० प्रतिशत सम्म ब्याजदर प्रदान गरिरहेको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्