मल्टीपर्पस फाइनान्सको हकप्रदमा कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

मल्टीपर्पस फाइनान्सको हकप्रदमा कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीको हकप्रदमा आइतबार अर्थात भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर भदौ १० गतेदेखि निष्कासन गरेको हो ।

कम्पनीले १ः०।३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । जसका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गर्ने भएको हुदाँ साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सकिनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्