नेपाल फाइनान्सको सीइओमा दोहोरिए उद्धबराज थपलिया

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दोस्रो कार्यकालका लागि उद्धबराज थपलियालालाई नियुक्त गरेको छ ।
कम्पनीको कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले थपलियालाई सीइओ नियुक्त गरेको हो । उनलाई कात्तिक २५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि दोस्रो कार्यकालका लागि नियुक्त गरेको छ ।
