भिसा डेबिट कार्ड सुरु गर्ने पहिलो कम्पनी बन्यो गोर्खाज फाइनान्स « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

भिसा डेबिट कार्ड सुरु गर्ने पहिलो कम्पनी बन्यो गोर्खाज फाइनान्स



काठमाडौँ । गोर्खाज फाइनान्स कम्पनीले पहिलो भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । कम्पनीले ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा भिसा डेबिट कार्डको शुभारम्भ गरेको हो । 

संस्थाका अध्यक्ष डेकिन्द्र कुमार राईले केन्द्रीय कार्यालय डिल्ली बजार काठमाडौँमा एक कार्यक्रमका बिचमा भिसा डेबिट कार्डको उद्घाटन गरेका हुन् । योसँगै गोर्खाज फाइनान्स  भिसा डेबिट कार्ड सुरुवात गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ ।  कम्पनीको अब भिसा कार्ड मार्फत ग्राहकहरूले भिसा एटिएम बुथ वाट सजिलै कारोबार गर्न सक्नेछन् । 

हाल सम्म गोर्खाज फाइनान्स को एटिएम सुविधा लिने करिब ६ हजार ५०० जना ग्राहकहरू रहेको छन् । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष घिमिरेले फाइनान्स अहिले डिजिटलमुखि बनिरहेको बताए । 

त्यसै गरी वार्षिकोत्सवकै अवसरमा संस्थाको नारायणगढ शाखाबाट आजै अर्थात्  कार्तिक २४ गतेदेखि लकर सेवा पनि सञ्चालनमा ल्याएको छ । संस्थाको हाल सम्म सातै प्रदेश मा २६ वटा शाखा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्