समृद्धि फाइनान्सका ग्राहकहरुलाइ गौतम बुद्ध पोलिक्लिनिक र हाम्रो केक तथा दुध डेरी खरेन्द्रपुरमा छुट « Arthapath.com
२० मंसिर २०८०, बुधबार

समृद्धि फाइनान्सका ग्राहकहरुलाइ गौतम बुद्ध पोलिक्लिनिक र हाम्रो केक तथा दुध डेरी खरेन्द्रपुरमा छुट



काठमाडौँ । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले मंसिर १९ गते गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. खरेन्द्रपुर, कपिलवस्तु र हाम्रो केक तथा दुध डेरी खरेन्द्रपुर, कपिलवस्तु संग समझदारी गरेको छ ।

उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले २०८० मंसिर १९ देखि २०८१ मंसिर १८ गते सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्यूआर प्रयोग गरि समझदारी भएका पोलि क्लिनिक तथा डेरीमा वस्तु तथा सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट खरेन्द्रपुरका शाखा प्रमुख संगिन गैरे, गौतम बुद्ध पोलिक्लिनिक प्रा.लिका तर्फबाट व्यवस्थापक प्रमुख बाबुराम भुषाल र हाम्रो केक तथा दुध डेरीका तर्फबाट सीतादेवी खासुज्यूले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सका सम्पुर्ण ग्राहकहरुले गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. मा नियमित ओ.पि.डि. चार्जमा १०० प्रतिशत छुट, वेड चार्जर ह्(च्बथ चार्जर ल्याब चार्जमा २० प्रतिशत छुट र औषधिमा १०प्रतिशत छुट प्राप्त गर्ने छन् । साथै हाम्रो केक तथा दुध डेरीमा सबै किसिमका बेकरी प्रोडक्टमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्