नेपाल फाइनान्सले पुष २० गते बोलायो साधारण सभा, सेयरधनीहरुलाई भने छैन लाभांश « Arthapath.com
२९ मंसिर २०८०, शुक्रबार

नेपाल फाइनान्सले पुष २० गते बोलायो साधारण सभा, सेयरधनीहरुलाई भने छैन लाभांश



काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले ३१औं वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौँ (माछापुच्छ्रे हल) मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्