पोखरा फाइनान्सले लाभांश नदिने

काठमाडौँ । पोखरा फाइनान्सले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।