लाभांश पारितका लागि आइसीएफसी फाइनान्सले बोलायो साधारण सभा « Arthapath.com
६ पुष २०८०, शुक्रबार

लाभांश पारितका लागि आइसीएफसी फाइनान्सले बोलायो साधारण सभा



काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, थिरबम सडक, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत वर्षको नाफाबाट कर सहित ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ ।

साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना महिला सहित ३ जना सञ्चालक नियुक्त गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १३ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्