गुडविल फाइनान्सको सिइओमा दोहोरिए तुलाधर

काठमाडौं । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सरोज काजी तुलाधार दोहोरिएका छन् । उनी दोस्रो कार्यकालका लागि फाइनान्सको सिइओमा नियुक्ति भएका हुन् ।
कम्पनीको पुस १८ गते बुधवार बसेको संचालक समितिको बैठकले तुलाधरलाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल अब थप चार वर्षको हुनेछ । उनी आगामी माघ २ गतेदेखि लागू हुने गरि सिइओमा नियुक्ति भएका हुन् ।