गुडविल फाइनान्सको सिइओमा दोहोरिए तुलाधर « Arthapath.com
१९ पुष २०८०, बिहीबार

गुडविल फाइनान्सको सिइओमा दोहोरिए तुलाधर



काठमाडौं । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सरोज काजी तुलाधार दोहोरिएका छन् । उनी दोस्रो कार्यकालका लागि फाइनान्सको सिइओमा नियुक्ति भएका हुन् ।

कम्पनीको पुस १८ गते बुधवार बसेको संचालक समितिको बैठकले तुलाधरलाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल अब थप चार वर्षको हुनेछ । उनी आगामी माघ २ गतेदेखि लागू हुने गरि सिइओमा नियुक्ति भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्