गोर्खाज फाइनान्सको नाफा ८१ प्रतिशत बढ्यो, यस्ता छन् मुख्य सूचकहरु « Arthapath.com
८ माघ २०८०, सोमबार

गोर्खाज फाइनान्सको नाफा ८१ प्रतिशत बढ्यो, यस्ता छन् मुख्य सूचकहरु



काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले १२ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा १२ करोड १६ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीको यो नाफा गत आवको पुस मसान्तसम्मको तुलनामा ५ करोड ४४ लाख अर्थात् ८१.०७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ७१ लाख ५७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीले १८ करोड ३० लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको हो । गत आवको दोस्रो त्रैमासमा पनि कम्पनीले १७ करोड ३५ लाख ९७ हजार ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको कुल संचालन आम्दानी पनि १८ करोड ८१ लाख रुपैयाँबाट बढेर २३ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेको छ । यता, खुद संचालन नाफा पनि ३३.८७ प्रतिशत अर्थात् ८ करोड ३३ लाख रुपैयाँले बढेर ३२ करोड ९४ लाख १७ हजार रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्ममा कम्पनीको वितरणयोग्य नाफा भने १० करोड ५३ लाख २६ हजार रुपैयाँ छ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने १ अब २ करोड ७८ लाख रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीको खराब कर्जा भने १३.७३ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २८ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ५९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्