वित्तिय साक्षरता प्रशिक्षण तथा कर्मचारी विकासका लागि समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबीच सहकार्य « Arthapath.com
८ माघ २०८०, सोमबार

वित्तिय साक्षरता प्रशिक्षण तथा कर्मचारी विकासका लागि समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबीच सहकार्य



काठमाडौं । समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्ड प्रा.लि. बीच वित्तिय साक्षरता प्रशिक्षण तथा कर्मचारीलाइ विकासका कार्यक्रम सञ्चालन गर्ने साझेदारी भएको छ ।

उक्त साझेदारी पत्रमा समृद्धि फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक विनोद राज पौडेल र फाइनान्स फ्रेन्डका तर्फबाट ंसंस्थापक तथा अध्यक्ष रमेश प्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

सहकार्यपछि फाइनान्स फ्रेन्डले समृद्धि फाइनान्सका कर्मचारीलाई बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित वित्तिय तालिमका कार्यक्रमहरु उपलब्ध गराउने छ । साथै समृद्धि फाइनान्सको तर्फबाट वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्नेछ ।

राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्