पुँजी संरचना परिवर्तन गर्ने विशेष एजेन्डासहित गोर्खाज फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

पुँजी संरचना परिवर्तन गर्ने विशेष एजेन्डासहित गोर्खाज फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आगामी चैत २ गते वार्षिक साधारण सभा गर्ने भएको हो । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बत्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाह बारे छलफल र चालु आव लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण समेत हुनेछ ।

पुँजी संरचना परिवर्तन सम्वन्धी विशेष एजेन्डा पनि रहेको छ । सभामा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति पनि तय गरेको छ। सो प्रयोजनका लागि कम्पनीले फागुन १८ गते बुक क्लोज गर्ने भएको हो । यसका आधारमा फागुन १७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्