तपाईको खातामा आयो त एक कम्पनीको लाभांश ? « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

तपाईको खातामा आयो त एक कम्पनीको लाभांश ?



काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीले लाभांश पठाईदिएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाएको हो ।

कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई नगद लाभांश पठाएको हो ।

कम्पनीले हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीले भने डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण गर्न तथा बैंक खाता र प्यान नम्बर पनि अद्यावधिक गराउन भनेको छ ।


प्रतिक्रिया दिनुहोस्